‘अमेरिका इज व्याक’, मेरो प्रशासन भर्खर सुरु हुँदैछ : राष्ट्रपति ट्रम्प

‘अमेरिका इज व्याक’, मेरो प्रशासन भर्खर सुरु हुँदैछ : राष्ट्रपति ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्किएको’ घोषणा गरेका छन् । सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्ला)ई सम्बोधन गर्दै उनले अमेरिका फर्किएको’ घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, “मेरो प्रशासन ‘भर्खर सुरु हुँदैछ।”

सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले ‘अमेरिकी सपना अजेय रहेको बताए ।

जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो।