काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन नै गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानको शासन परिवर्तन गर्ने सम्भावनातर्फ संकेत गरेका छन्।
उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन् ।
‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान इरानी शासन इरानलाई फेरि महान बनाउन असमर्थ छ भने, किन शासन परिवर्तन हुँदैन ?’ ट्रम्पले लेखेका छन्।
उनले लेखेका छन्, ‘रेजिम चेन्ज (शासन सत्ता परिवर्तन) भन्नु आजको समयमा राजनीतिक रुपबाट सही मानिँदैन तर यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने ?’
उनको यो बयान इरानका तीन आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि आएको हो। यसअघि ट्रम्प सरकारका बरिष्ठ अधिकारीहरूले अमेरिकाले शासन परिवर्तन नचाहेकोतर्फ संकेत गरेका थिए।
खामेनी साढे तीन दशकदेखि इरानको सर्वोच्च पदमा आसिन छन् ।
सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो । राजाको शासन ढलेपछि पेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए । सन् १९८९ मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनेका थिए ।
इजरायल र इरानबीच लडाइँ जारी रहेका बेला अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । ती केन्द्रहरुमा भएको क्षतिको फोटो सार्वजनिक गर्दै अमेरिकाले आक्रमण सफल भएको जनाएको छ ।
प्रतिक्रिया