काठमाण्डु – अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको एक रोगबाट पीडित भएका छन् ।
अमेरिकाका राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसबारे जानकारी दिएको हो । ट्रम्पलाई लागेको रोगलाई क्रोनिक भेनस इन्सुफिसिएन्सी भनिन्छ ।
केही तस्वीरहरूमा अमेरिकी राष्ट्रपतिको हातमा एउटा निशान देखिएको छ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कोरलिन लेभिटका अनुसार ट्रम्पले हालै आफ्नो खुट्टा सुन्निएको गुनासो गरेपछि उनको पूर्ण स्वास्थ्य जाँच गरिएको छ । जसमा नसाको परीक्षण पनि समावेश थियो ।
७९ वर्षीय ट्रम्पले आफ्नो स्वास्थ्यको निरन्तर प्रशंसा गर्दै आएका छन् र एक पटक आफूलाई अहिलेसम्मकै सबैभन्दा स्वस्थ राष्ट्रपति पनि भनेका थिए ।
ह्वाइट हाउसका चिकित्सक सीन बार्बाबेलाद्वारा जारी गरिएको नोटअनुसार थप परीक्षणहरूले ट्रम्पमा मुटु, मिर्गौलामा वा अन्य कुनै समस्या नदेखिएको बताइएको छ ।
‘क्रोनिक भेनस इन्सुफिसिएन्सी‘ हुँदा खुट्टाका नसाहरूले रगत पम्प गर्न सक्दैनन्, जसका कारण खुट्टाको तल्लो भागमा रगत जम्मा हुन थाल्छ र सुन्निन थाल्छ ।
‘नसा र तिनीहरूका भल्भहरूले रगतलाई माथितिर धकेल्छन्, जसले गर्दा यो मुटुमा फिर्ता जान सक्छ,’ अस्टिनको टेक्सास विश्वविद्यालयकी भास्कुलर सर्जरीकी सहायक प्राध्यापक डा. मेरिल लोगान भन्छिन् ।
खुट्टाबाट मुटुतिर बग्ने रगत गुरुत्वाकर्षणको विपरीत दिशामा जान्छ, जसले गर्दा यो प्रक्रिया अझ कठिन हुन्छ ।
जुलाई १३ मा न्यु जर्सीमा भएको फिफा क्लब विश्वकप फाइनलको क्रममा फोटोग्राफरहरूले ट्रम्पको सुन्निएको खुट्टाको तस्वीर खिचेका थिए ।
केही दिनपछि ह्वाइट हाउसमा बहराइनका प्रधानमन्त्री सलमान बिन हमद बिन इसा अल(-खलिफासँगको भेटघाटको क्रममा खिचिएका तस्वीरहरूमा उनको हातमा नीलो दागहरू देखिन्थ्यो ।
फेब्रुअरीको सुरुमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटको क्रममा ट्रम्पको हातमा रहेको निशान क्यामेरामा कैद भएको थियो ।
जनवरीमा ट्रम्पले दोस्रो कार्यकालको लागि शपथ लिँदा उनको उमेर ७८ वर्ष सात महिना थियो, जसले गर्दा उनी अमेरिकी इतिहासमा शपथ लिने सबैभन्दा पाको उमेरका राष्ट्रपति बने ।
विज्ञहरूका अनुसार अन्य जोखिम कारकहरूमा अधिक तौल हुनु, रगत जम्ने इतिहास हुनु र लामो समयसम्म उभिएर काम गर्नु समावेश छ । यो अवस्था व्यवस्थापन गर्न चिकित्सकीय रूपमा डिजाइन गरिएको कम्प्रेसन मोजा लगाउन सिफारिस गरिन्छ र विज्ञहरूले रातमा खुट्टा माथि राख्न पनि सिफारिस गर्छन् ।
हालैका समयमा यी चिन्हहरूको बारेमा धेरै अनुमानहरू गरिएका छन् । राष्ट्रपतिका डाक्टरले भने, ‘उनको हातमा दागहरू हात मिलाएर एस्पिरिन सेवन गरेको कारणले भएको हो ।’
डा. एडवड्र्स ह्वाइट हाउसका डाक्टरसँग सहमत छन् कि ट्रम्पको उमेर र एस्पिरिनको प्रयोगले यी दागहरू लाग्न सक्छन् ।
के हो क्रोनिक भेनस इन्सफिसिएन्सी ?
क्रोनिक भेनस इन्सफिसिएन्सीमा खुट्टाका नसा मुटुमा रगत पम्प गर्न असमर्थ हुन्छन्, जसका कारण खुट्टाको तल्लो भागमा रगत जम्मा हुन थाल्छ र सुन्निन्छ ।
टेक्सस विश्वविद्यालय, अस्टिनका भास्कुलर सर्जरीका सहायक प्राध्यापक डा. मेरिल लोगानले भने, ‘नसा र तिनका भल्भले रगतलाई माथितिर धकेल्छन् ताकि यो मुटुमा फिर्ता जान सकोस् ।’ खुट्टाबाट मुटुतिर बग्ने रगत गुरुत्वाकर्षणको विपरीत हुन्छ, जसले गर्दा यो प्रक्रिया अझ गाह्रो हुन्छ ।
उनले भने, ‘क्रोनिक भेनस इन्सफिसिएन्सी त्यतिबेला हुन्छ, जतिबेला नसा र तिनका भल्भले राम्ररी काम गर्दैन र रगत खुट्टातिर फर्कन थाल्छ ।’
वेक फरेस्ट विश्वविद्यालयको भास्कुलर सर्जरी विभागका अध्यक्ष डा. म्याथ्यु एडवड्र्स भन्छन्, ‘यो केही गम्भीर अवस्थासँग सम्बन्धित हुन सक्छ, तर यो आफैँमा गम्भीर रोग होइन, एकदमै सामान्य हो ।’
विज्ञहरूका अनुसार अन्य जोखिममा अधिक तौल, रगत जम्ने समस्या र लामो समयसम्म उभिनुपर्ने काम हुन् । अवस्था व्यवस्थापन गर्न चिकित्सकीय रूपमा डिजाइन गरिएको कम्प्रेसन मोजा लगाउन सिफारिस गरिन्छ र विशेषज्ञहरूले रातमा आफ्नो खुट्टा माथि राख्न पनि सुझाव दिन्छन् ।
क्रोनिक भेनस इन्सफिसिएन्सीले शरीरको तल्लो भागलाई मात्र असर गर्छ, त्यसैले राष्ट्रपति ट्रम्पको हातमा देखिएको निलो निसान र यस रोगबीच कुनै सम्बन्ध छैन ।
ट्रम्पका डाक्टरले हातमा रहेका निसान हात मिलाउने र एस्पिरिन लिने कारण देखिएको बताएका छन् ।
एस्पिरिन एक औषधि हो, जसले हृदयाघात, रगत जम्ने र स्ट्रोकलाई रोक्न मद्दत गर्छ ।




प्रतिक्रिया