काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तिहार मनाएका छन् । तिहारका अवसरमा राष्ट्रपति ट्रम्पले सोमबार राष्ट्रपति भवन ह्वाइट हाउसमा दियो पनि बालेका छन् ।
उनले तिहार मनाइरहेका सबैलाई शुभकामना पनि दिए । उनले यस पर्वलाई अन्धकारमाथि प्रकाश र खराबीमाथि भलाइको विजयको सम्झना गराउने बताए ।
ट्रम्पले भने, ‘आज, म प्रकाशको पर्व दिपावली मनाइरहेका प्रत्येक अमेरिकीलाई मेरो शुभकामना पठाउँछु ।’ उनले दिपावली परिवार र साथीहरू एकसाथ आउन, समुदायको उत्सव मनाउन र आशाबाट शक्ति प्राप्त गर्ने बताए ।
‘लाखौँ नागरिकले दियो र लालटिन बाल्दा, हामी भलाइले सधैँ खराबीमाथि विजय प्राप्त गर्ने शाश्वत सत्यमा रमाउँछौँ,’ उनले थपे ।
पर्व मनाउने सबैलाई शान्ति र समृद्धिको कामना गर्दै ट्रम्पले भने, ‘यो उत्सवले चिरस्थायी शान्ति, समृद्धि, आशा र अमनचैन ल्याओस् ।’




प्रतिक्रिया