ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाईल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्।

थाइल्याण्ड–कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ।

ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको द्वन्द्वु पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका थिए।

ट्रम्पले यो सम्झौता दुबै देशका लागि ठूलो सम्झौता भएको बताएका छन्।

ट्रम्प लामो समयदेखि चलिरहेको सीमा विवाद समाधान गर्न थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए।

ट्रम्प मलेसिया आइपुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो। उनी कलाकारहरूको समूहमा गएर उनीहरूसँगै नाचगान पनि गरेका थिए।

ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यतिर थाइल्याण्ड र कम्बोडियाबीच ५ दिनसम्म चलेको द्वन्द्वपछि युद्धविराम भएको हो। द्वन्द्वका क्रममा दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।