डोनाल्ड ट्रम्प ३ दिने चीन भ्रमणमा आउने पक्का

डोनाल्ड ट्रम्प ३ दिने चीन भ्रमणमा आउने पक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प मे १३ देखि १५ सम्म चीन भ्रमणमा आउने भएका हुन् ।

बेइजिङले सोमबार यसको पुष्टि गर्दै ट्रम्पले चिनियाँ समकक्षी चिनफिङसँग इरान र व्यापारका विषयमा छलफल गर्ने अपेक्षा गरिएको जनाएको छ ।

“राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा आउनुहुनेछ ।” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको भनाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन् ।

व्यापारिक शुल्कदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभाग भएको दाबी गर्ने ताइवानसम्मका विषयमा वासिङ्टन र बेइजिङबीच लामो समयदेखि मतभेद रहँदै आएको छ ।

ट्रम्पले मूलतः मार्चको अन्त्य वा अप्रिलको सुरुमा चीन भ्रमण गर्ने योजना बनाएका थिए । तर, इरान युद्धमा ध्यान केन्द्रित गर्न उनले भ्रमण स्थगित गरेका थिए ।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरानको विषयमा सीमाथि दबाब सिर्जना गर्नुका साथै व्यापारिक तनाव कम गर्ने प्रयास गर्नेछन् ।

चीन इरानी तेलको प्रमुख ग्राहक हो । विशेषगरी ‘टिपट’ भनिने स्वतन्त्र रिफाइनरीहरूले इस्लामिक गणतन्त्र इरानबाट छुटमा पाइने कच्चा तेलमा निर्भरता राख्ने गरेका छन् ।