भारतीय सेनालाई मजबुत बनाउन रक्षा उपकरण दिने ट्रम्पको घोषणा


काठमाडौं – दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सेनालाई रक्षा उपकरण सहयोग गरेको छ । उनले भारतीय सेनालाई अझै मजबुत बनाउने भन्दै यस्तो घोषणा गरेका हुन् ।

भारतको मोटेरा स्टेडियममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भारतसँग हामी अझै एडभान्स डिफेन्स सिस्टम’ दिने छौं । हामी भारतलाई रक्षा उपकरण प्रदान गर्नेछौं । भारतीय सेना अझ मजबुत हुनेछ ।’

उनले भारत–अमेरिका मिलेर आतंकवादसँग लड्‍ने बताए । उनले भने, ‘हामीले इस्लामिक स्टेटको अन्त्य गरेका छौं । अल बगदादीको हामीले अन्त्य गरेका छौं । अब विश्वभरको आतंकवाद हामी अन्त्य गर्छौं ।’

उनले पाकिस्तानसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको बताए । उनले भने, ‘पाकिस्तानसँग राम्रो सम्बन्ध भएकै कारण हामी पाकिस्तानसँग मिलेर आतंकवादविरुद्ध लडिरहेका छौं । हामी दक्षिण एसियामा शान्ति र स्थिरता चाहन्छौं ।’

उनले आगामी दिनमा थप सफलता हासिल गर्नेसमेत बताए । भारतको लोकतन्त्र सिंगो विश्वका लागि एक मिसाल हो । उनले भने, ‘म सबै भारतीयलाई भन्‍न चाहन्छु कि तपाईंलाई आफ्नो विगतप्रति गर्व हुनुपर्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको यस शानदार आतिथ्यप्रति आभार प्रकट गर्दछु ।’

ट्रम्पको भाषणपछि प्रधानमन्त्री मोदीले ट्रम्पलाई धन्यवाद दिएका छन् ।

आज ट्रम्प र मेलानिया आगरा जानेछन् । त्यही उनीहरुले ताजमहलको भ्रमण गर्नेछन् । ताजमहलमा सूर्यास्त हेरेपछि साँझ उनीहरु दिल्ली प्रस्थान गर्नेछन् ।

मंगलवार भारतीय राष्ट्रपति रामनाथ कोविन्द र ट्रम्पबीच भेटवार्ता हुनेछ । मेलानियाले दिल्लीका विद्यालयहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement