डोनाल्ड ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ

डोनाल्ड ट्रम्पको कोरोना रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरसको परीक्षण रिपोर्ट आएको छ । ह्वाइट हाउसका डाक्टरलाई उद्र्धृत गर्दै पीटीआईका अनुसार उनको कोरोना परीक्षण नेगेटिभ आएको उल्लेख गरेको छ । ट्रम्प कोरोना भाइरसबाट पीडित छैनन् ।

उनले अमेरिकी समय अनुसार शुक्रबार कोरोनाभाइरसको परीक्षण गराएका थिए । उनको कोरोनाभाइरसको परीक्षण रिपोर्ट २४ घन्टा भित्र आएको थियो । ट्रम्पको परीक्षण रिपोर्टको जानकारी दिँदै राष्ट्रपतिको चिकित्सक सीन कोनलीले ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफनी ग्रीसमलाई भनेका छन्,“राष्ट्रपतिको परीक्षण रिपोर्ट नेगेटिभ छ ”।

उनले भने,“गत राती राष्ट्रपति ट्रम्पसँग कोभिड–१९ परीक्षणमा लामो चर्चा भयो । यसपछि उनले परीक्षणको प्रक्रिया अगाडि बढाए । मलाई प्राप्त जानकारी अनुसार उनको परीक्षण नेगेटिभ आएको छ ।”

विश्वभरीमा ५७६४ को मृत्यु
विश्वभरी कोरोनाभाइरसबाट पीडित मानिसको संख्या १ लाख ५१ हजार ७६० पुगेको छ । यो खतरनाक भाइरस हालसम्म १३७ देशमा पुगिसकेको छ । यसको चपेटामा आएर ५७६४ मानिसको मृत्यु समेत भइसकेको छ । चीनमा यो बिमारीबाट ३१८९ मानिसको मृत्यु भएको छ । चीन बाहिर यसबाट मृत्यु हुनेको संख्या २५७५ रहेको छ ।

चीनपछि यो बिमारीबाट सर्वाधिक प्रभावित रहेको देश इटाली रहेको छ । यहाँ १४४१ मानिसको मृत्यु भएको छ र २१ हजार १५७ पीडित भएका छन् । इरानमा यो बिमारीबाट मर्नेको संख्या ६११ रहेको छ ।