एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले एउटा ट्वीटका कारण विवादमा आएका छन् ।
विश्वमा महामारीको रुपमा फैलिरहेको ‘कोरोना भाइरस’ लाई ट्रम्पले ‘चाइनीज भाइरस’ को नाम दिएपछि उनी विवादमा तानिएका हुन् । ‘कोभिड–१९’ नाम दिइएको कोरोना भाइरसलाई ट्रम्पले ‘चाइनीज भाइरस’को संज्ञा दिए ।
जब कि, विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई कोभिड–१९ भनेर नाम दिइसकेको थियो । ट्रम्पले यसलाई चीनले नै सिर्जना गरिदिएको भाइरसको रुपमा चित्रित गरिदिँदा आलोचित बनेका छन् ।
सामाजिक सञ्जालमा ट्रम्पको कडा आलोचना हुन थालेको छ । खासमा कोरोना भाइरस चीनको वुहान सहरमा पहिलो पटक भेटिएको थियो । जुन तथ्यमाथि पनि पछिल्लो समय प्रश्न उठ्न थालेको छ ।
अमेरिकी सेनाबाट उक्त भाइरस फैलिएको केही दावी हुन थालेका छन् । यस्तो सन्दर्भमा ट्रम्पले गैरजिम्मेवार रुपमा ‘चाइनीज भाइरस’ भनिदिँदा धेरैले आपत्ति जनाएका हुन् । त्यसो त, यसअघि नै चिनियाँ लेखक तथा मिडियाले ‘चिनियाँ भाइरस’ भनिएकोमा आपत्ति जनाउँदैआएका छन् ।





प्रतिक्रिया