एजेन्सी – अमेरिकी गुप्तचर संस्थाले जनवरी र फेब्रुअरीमै कोरोना भाइरसका कारण विश्वव्यापी संकट आउने चेतावनी दिएका छन् । गुप्तचरका अधिकारीहरुले राष्ट्रपति ट्रम्प र सांसदहरुले कोरोनाबिरुद्धको कदम उठाउन ढिलाई गरेको दाबी गरेका छन् ।
जासुस रिर्पोटमा कोरोना भाइरस कहिले अमेरिकामा फैलिन्छ भन्ने विषयमा केही अनुमान लगाइएको थिएन । तर जनस्वास्थ्य अधिकारीहरुले लिनुपर्ने विशेष किसिमका कदमको बारेमा भने सुझाइएको थियो । तर उनीहरुले चीनमा यसको प्रकोप र पछि अन्य देशमा फैलने बारेमा भने बताएका थिए । चिनियाँ अधिकारीहरुले यसका कठोर अवस्थालाई न्यूनिकरण गर्न खोजेको उनीहरुले बताएका थिए ।
तर बारम्बारको चेतावनीपछि पनि ट्रम्पले सार्वजनिक रुपमै अमेरिकीमा यसको खतरा हुने विषयलाई बेवास्ता गरे । गुप्तचर एजेन्सीहरले जनवरीदेखि नै यसको बारेमा चेतावनी दिएका एक अमेरिकी अधिकारीले बताएका छन् ।
‘डोनाल्ड ट्रम्पले अमेरिकामा पनि यसको महामारी पैmलने बारेमा अनुमान सम्म पनि लगाएनन् । सरकारमा रहेका अन्य मानिसले पनि उनलाई सचेत गराउन सकेनन्,’ती अधिकारीले भने ।
‘राष्ट्रपति ट्रम्पले स्वास्थ्य सम्पत्ति र अमेरिकी जनताको सुरक्षका लागि ऐतिहासिक, आक्रामक नीति ल्याएका छन् । मीडिया र डेमोक्र्याटले मुर्ख राजनीति मात्रै अवलम्वन गरे र महाअभियोग ल्याए,’ होगान गिडलीले विज्ञप्तिमार्फत बताएका छन् ।
जन स्वास्थ्य विज्ञले कोरोनाभाइरसप्रति कदम उठाउन ढिलो गरेकोमा चीनको आलोचना गरेका छन् । यसको विस्तार रोक्नका लागि महत्वपूर्ण समय गुमाएको पनि उनीहरुले बताएका छन् ।




प्रतिक्रिया