चीनले समयमै जानकारी नदिदां महामारी फैलियो : डोनाल्ड ट्रम्प

चीनले समयमै जानकारी नदिदां महामारी फैलियो : डोनाल्ड ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन्।बिहीबार पत्रकार सम्मेलनमा ट्रम्पले भने,मलाई लाग्छ- विश्व स्वास्थ्य सङ्गठनलाई लाज लाग्नुपर्ने हो किनकि उनीहरू चीनको जनसम्पर्क निकायजस्ता छन्।

“ चीनले गल्तीले उक्त भाइरस बनाएको वा कसैले उद्देश्यका साथ यो बनाएको हुन सक्ने उनले बताएका हुन् । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।

 प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु ।’ उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी र्गयो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए ।

बितेका केही साता यता अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाको विषयमा चीनसँग असन्तुष्ट रहँदै आएका छन्। कोरोनाका बारेमा चीनले समयमै जानकारी नदिदां महामारी फैलिएको र अमेरिकाको अर्थव्यवस्था कमजोर भएको उनको आरोप छ। कोरोनाका कारण नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनी पुनः सो पदमा निर्वाचित नहुने सम्भावना बढ्दै गएको छ। देशभित्रै पनि कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा उनी चुकेको आरोप छ।अमेरिका हाल कोरोनाबाट सर्वा्धिक प्रभावित मुलुक हो।

त्यहाँ हालसम्म १० लाख बढी संक्रमित भइसकेका छन् भने ६२ हजार बढीको ज्यान गइसकेको छ। बिहीवार न्यूयोर्क टाइम्सले ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले गुप्तचर निकायलाई उक्त भाइरस वुहानको प्रयोगशालाबाट निस्केको हो वा होइन भन्नेबारे जाँच गर्न निर्देशन दिएको खबर प्रकाशित गरेको थियो।