२०२० को अन्त्यमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्छः राष्ट्रपति ट्रम्प

२०२० को अन्त्यमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बन्छः राष्ट्रपति ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार हुने बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न बनाइएको भ्याक्सिन मानवीय परीक्षण गरेको एक महिना भइसकेको छ । सुरुवाती पुरीक्षण सुरक्षित रहेपनि प्रयोगमा ल्याउन सम्भव भइसकेको छैन । ‘मेडिकल रेगुलेटर’हरुले उक्त भ्याक्‍सिन उत्पादन र प्रयोगका लागि अनुमति दिएका छैनन ।

ट्रम्पले  भनेका छन्, ‘मलाई पूरा विश्‍वास छ कि यसै वर्षको अन्‍त्यसम्ममा हामीले भ्याक्‍सिन पाउने छौं ।’

विज्ञहरुले भने सन् २०२१ को बीचतिर मात्र खोप तयार हुने अनुमान गरेका छन् । तयार भएपछि पनि त्यसले काम गर्छ वा गर्दैन भन्ने कुरा निश्चित हुँदैन ।

बीबीसीका अनुसार हालसम्म मानिसको शरीरमा चार किसिमका कोरोना भाइरस देखिएका छन् । सामान्य रुघा खोकी लाग्दा जस्तो लक्षण देखिए पनि यस भाइरसको असर धेरै हुन्छ । चारमध्ये कुनै पनि कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिन बनेका छैनन् ।

यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए ।

उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ ।