इरानद्वारा राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

इरानद्वारा राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ ।

गत जनवरी ३ मा इराकी राजधानी बगदादमा ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरिएको थियो ।

उनको हत्यामा संलग्नहरुलाई ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको एक सरकारी वकिल अली अलकासिमेरको भनाइ उधृत गर्दै इरानीको आईएसएनए न्युजले जनाएको छ ।