राष्ट्रपतिको पत्रकार सम्मेलन चलिरहेको बेला ह्वाइट हाउस बाहिर गोली चल्यो

राष्ट्रपतिको पत्रकार सम्मेलन चलिरहेको बेला ह्वाइट हाउस बाहिर गोली चल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा ह्वाइट हाउस बाहिर गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भित्र पत्रकार सम्मेलन गर्दैगर्दा गोली चलेको हो ।

सुरक्षाकर्मीले बाहिर गोली चलेको बताएपछि राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन छोडेर बाहिरिएका थिए । केही मिनेट बाहिरिएका राष्ट्रपति पुनः भित्र आएर भने, ‘स्थिति नियन्त्रणमा आए जस्तो छ ।’

ट्रम्पले अमेरिकाको सिक्रेट सर्भिसका मानिसले हतियारधारीमाथि गोली चलाएको जस्तो देखिएको बताएका थिए । उक्त घटनामा एक जना घाइते भएको ह्वाइट हाउसले जनाएको छ ।