एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रिसिन विष पठाइएको खुलेको छ । फबीआई र अमेरिकाको सिक्रेट सर्भिसले उक्त विषय प्रकरणबारे अनुसन्धान सुरु गरेका छन् ।
उक्त विष चिठ्ठिको खामभित्र ह्वाइट हाउसमा पठाइएको हो । परीक्षणका क्रममा उक्त खामभित्र भएको संकास्पष्ट वस्तु विष भएको पत्ता लागेको थियो । उक्त विष क्यानडाबाट पठाइएको आशंका गरिएको छ ।
रिसिन एन्ड्रोन बीन्स प्रशोधन गरेर उत्पादन गरिन्छ । उक्त विष अरण्डको दानामा पाइन्छ । यसलाई खाँदा शरीरको कोशिकाले प्रोटीन बनाउन पाउँदैन । यो विष शरीरभरि फैलिँदा मृत्यु हुन्छ र यसको एन्टीडोट अहिलेसम्म पाइएको छैन ।
एफबीआई र सिक्रेट सर्भिसले प्याकेट कहाँबाट आयो र अमेरिकाको डाक प्रणाली मार्फत पठाइएको हो कि भनेर अनुसन्धान गरिरहेका छन् ।




प्रतिक्रिया