अमेरिकी राष्ट्रपति ट्रम्पले गरे रक्षामन्त्रीलाई बर्खास्त

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे रक्षामन्त्रीलाई बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई बर्खास्त गरेका छन् ।

नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्नेछन् । बीबीसीकाअनुसार उनले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरेको घोषणा गरेका छन् ।

पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए ।

जो बिडेनसँग राष्ट्रपतिमा पराजित भएका ट्रम्पले जनवरी २० बाट सत्ता हस्तान्तरण गर्दैछन् ।