ट्वीटरद्वारा ट्रम्पको एकाउण्ट बन्द गर्न अस्वीकार


एजेन्सी – ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउण्ट बन्द गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ ।

कैलिफोर्नियाकी सिनेटर तथा ट्रम्पसँगै एउटै पार्टी डेमोक्रेटबाट राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेकी कमला हैरिसले ट्रम्पको एकाउण्ट बन्द गर्न माग गरेकी थिइन् ।

हैरिसले ट्वीटरको कार्यालयमा दिएको पत्रमा राष्ट्रपति ट्रम्पको एकाउण्ट बन्द गर्न भनेकी थिइन । उनले राष्ट्रपति ट्रम्पले युक्रेनका समकक्षीसँग विवादास्पद सन्देशको कुराकानी ट्वीटरमार्फत गरेको भन्दै उक्त पत्र पठाएकी थिइन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अक्सर राजनीतिक विरोधका लागि ट्वीटरमार्फत सन्देश जारी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement