अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी


एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । सभामुख नेन्सी पेलोसीले ट्रम्पबिरूद्ध महाभियोग लगाउने तयारी भएको जानकारी दिए । उनले ट्रम्पले यदि चाँडै ह्वाइट हाउस छोड्ने घोषणा नगरे महाअभियोग लगाउने बताएका हुन् ।

ट्रम्पविरुद्ध महाअभियोगका लागि करिब २ सय जना डेमोक्र्याट सांसदहरुले हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।  अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगका लागि मंगलबार मतदान गर्न सक्ने एक वरिष्ठ डेमोक्र्याटले बताएको बीबीसीले जनाएको छ ।

हाउस डेमोक्र्याट्सले राजधानीको हिंस्रक झडपमा राष्ट्रपतिको भूमिकालाई लिएर राष्ट्रपति विरुद्ध विद्रोह गर्न उक्साएको आरोपमा महाअभियोग लगाउने तयारी भएको बताए ।

ट्रम्पका कारण हिँसा भड्किएको र जसमा एक प्रहरी अफिसरसहित पाँच जनाको मृत्यु भएको थियो । ट्रम्पबिरूद्ध महाभियोग दर्ता हुँदा उनको साथमा उभिएका धेरै रिपब्लिकन सिनेटहरू अब उनीसँग हुने छैनन् ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । उनी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement