ह्वाइट हाउसबाट बाहिरिएपछि नयाँ पार्टी खोल्ने ट्रम्पको तयारी

ह्वाइट हाउसबाट बाहिरिएपछि नयाँ पार्टी खोल्ने ट्रम्पको तयारी


एजेन्सी – राष्ट्रपतिबाट बिदा भएका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने विषयमा छलफल सुरु गरेका छन् । ह्वाइट हाउसबाट बाहिरिएपछि नयाँ पार्टी खोल्ने विषयमा आफू निकट सहयोगीहरुसँग छलफल गरेका हुन् ।

उनले यस विषयमा केही सहयोगी गत हप्ता उनले आफू नकिजकका अन्य व्यक्तिहरुसँग छलफल गरेका छन् । राष्ट्रपतिमा जो बाइडेनको आगामन भएसँगै ह्वाइट हाउसबाट बाहिरिएका ट्रम्पले ‘देशभक्त पार्टी’ खोल्ने तयारी गरेका हुन् ।

ट्रम्पले हालका दिनमा सिनेटका बहुमत नेता मिच म्याकोनेल लगायतका धेरै रिपब्लिकन नेताहरूसँग झगडा गरेका छन । उनले क्यापिटलमा जनवरी ६ मा भएको हिंसात्मक झडप गराउन आन्दोलनकारीहरुलाई उक्साएको भन्दै रिपब्लिकन नेताहरु टाढिएका छन् । उक्त झडपको विषयमा ट्रम्पले ढिला गरी प्रतिक्रिया जनाएका थिए ।

ट्रम्पसँग रिपब्लिकन मतदाताहरुको ठूलो प्रभाव रहेको सर्वेक्षणहरुले पुष्टि गरेको छ । नयाँ पार्टी खोल्ने विषयमा ट्रम्प कत्तिको गम्भीर छन् भन्ने कुरा स्पष्ट भइसकेको छैन । किनभने नयाँ पार्टी बनाउने धेरै समय र ठूलो लगानी चाहिन्छ ।

अमेरिकामा अहिलेसम्म दुइटा पार्टीले नै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । राष्ट्रिय चुनावमा तेस्रो दलले अहिलेसम्म कुनै उल्लेख हस्तक्षेप गर्न सकेका छैनन् । ट्रम्पले नयाँ पार्टी खोल्ने अभियान थालेछन् भने पनि सबैभन्दा पहिला रिपब्लिकनकै नेताहरूले त्यसमा अवरोध पु¥याउने अनुमान गरिएको छ ।