साउदी अरवमा ट्रम्पले पठाए तीन हजार अमेरिकी सैनिक

साउदी अरवमा ट्रम्पले पठाए तीन हजार अमेरिकी सैनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा ३ हजार अमेरिकी सैनिक तैनाथ गर्न आदेश दिएका छन् ।

साउदी अरबमा अमेरिकी हितको रक्षा गर्नका लागि तीन हजार अमेरिकी सैनिक तैनाथ गर्न ट्रम्पले मंगलबार अमेरिकी कांग्रेसलाई औपचारिक रुपमा पत्र पठाएका हुन् ।

अमेरिकी कांग्रेसलाई राष्ट्रपति ट्रम्पले लेखेको पत्रमा भनिएको छ, ‘अरबमा अमेरिकी हितको रक्षाका लागि इरानद्वारा बढ्दो खतरासँग जुध्नका लागि यी सैनिक तैनाथ गरिएको हो ।’

यो सैनिकको तैनाथीले इरानबाट हुने आक्रामक नीतिको जवाफ दिन सकिने ट्रम्पले लेखेका छन् । यसले क्षेत्रमा स्थिरता आउने दावी उनको छ ।

यी सैनिक मध्ये आधिकांशलाई पहिलेनै साउदी अरब पठाइसकिएको छ भने बाँकी सैनिकलाई पनि छिट्टै तैनाथ गरिने उनले बताए । साउदी अरबमा तेल संयन्त्रमा शंकास्पद ड्रोन हमलापछि अमेरिकाले यो कदम उठाएको हो ।

यो हमलाका लागि साउदी अरबले इरानलाई जिम्मेवार ठहराएको थियो । यद्यपि इरानले यस किसिमको हमलामा आफ्नो हात भएको आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।