डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु, बाइडन प्रशासनका ८० प्रावधान उल्टाए

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु, बाइडन प्रशासनका ८० प्रावधान उल्टाए

विश्व स्वास्थ्य संगठनबाट अलग्गिएको घोषणा


काठमाण्डु- डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको सुरुवात गरेका छन् । कार्यकालको सुरुआत गर्दै उनले विभिन्न कार्यकारी आदेशहरू जारी गरेका छन् ।

पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरेका छन् ।

उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतंकवादी संगठन घोषणा गरेका छन् ।

यसअघि उनले भरिभराउ रङ्गशालामा बसेर एक चरणका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए । उनले बाइडन प्रशासनले लागु गरेका झण्डै ८० वटा प्रावधानहरूलाई उल्टएका छन् भने पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका छन् ।

ट्रम्पले के-के गरे घोषणा?

  -डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी नाम दिइएको सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना

–लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा र संघीय सरकारमा जैविक सत्यताको पुनर्स्थापना

-विश्व स्वास्थ्य संगठनबट बाहिरने घोषणा

-अमेरिकाको दक्षिणी सिमानामा राष्ट्रिय संकटकालको घोषणा

-टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक

-जनवरीको दङ्गामा संलग्नहरूलाई क्षमादान

-भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवार ठहर

-जनवरीमा क्यापिटल भवनमा दङ्गा गर्नेहरूलाई क्षमादान

विश्व स्वास्थ्य संगठनबाट अलग

ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन् । बीबीसीका अनुसार उक्त आदेशमा हस्ताक्षर गर्दा ट्रम्पले भने, ‘ओहो, यो ठूलो निर्णय हो ।’

अन्य देशका तुलनामा अमेरिकाले यसका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको दाबी छ ।