एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश स्वस्थ नभएसम्म लकडाउन नखोल्ने बताएका छन् ।
३० दिनपछि घरमै बस्ने आदेश,स्कूल बन्द र सामाजिक दुरी खोल्ने निर्णयले गृष्मकालिन अवधिमा संक्रमण बढाउने अमेरिकी स्वास्थ्य र सेवा विभागले जनाएको न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ ।
३० दिन आफू बसेकै ठाउँमा बस्न दिइएको आदेश हटाइएमा कोरोनाभाइरस पुनः फैलन सक्ने सम्भावना देख्नु भएको छ भनि सोधिएको प्रश्नमा उनले लकडाउन हटाइने सम्भावना नभएको बताए ।
‘हामीले एउटा मिती हेरिरहेका छौ, हामी एउटा निश्चित मिती पूरा गर्न सक्षम हुने आशा गरेका छौ । तर, यो मुलुक स्वस्थ नभएको अवस्थासम्म हामी कुनै पनि काम गर्ने पक्षमा छैनौं,’ ह्वाइट हाउसको प्रेश ब्रिफिङको समयमा उनले बताए, ‘हामी फर्कने र फेरी सुरु गर्ने पक्षमा छैनौं ।’
ट्रम्पले मंगलबार व्यवसायीक नेता, चिकित्सक र सम्भावित रुपमा गभर्नर समेतको संलग्नता रहने ‘ओपनिङ आओर कन्ट्री काउन्शील’ घोषण गर्ने योजना बनाएका छन् । यसले नै अर्थतन्त्र पुनः खुला हुने विषय निश्चित गर्नका लागि सहयोग गर्नेछ ।
‘गभर्नरका लागि मैले रिपब्लिकन र डेमोक्र्याटबाट ठूलो सम्मान पाएको छु । म केही डेमोक्र्याटिक गभर्नहरुको साथी भएको छु,’ ट्रम्पले भने ।
देशका भागहरु कहिले खोल्ने भन्ने विषयमा राज्यका गभर्नरहरुमा निर्भर रहेको उनले बताए । तर, सामाजिक दुरीको प्रतिबन्ध खुकुलो पार्ने विषयमा आफूसँगै ठूलो अधिकार भएको उनले बताए ।
‘म सँग नै ठूलो निर्णय छ भन्ने मलाई नै थाहा छैन । तर मेरो सेरोफेरोमा राम्रा विवेक भएका मानिसहरु छन् । उहाँहरुको सहयोगमा सही निर्णय लिइने छ,’ उनले बताए ।




प्रतिक्रिया