क्यानाडाका प्रधानमन्त्री कार्नी र डोनाल्ड ट्रम्प उच्चस्तरीय बैठकका लागि भेट्दै

क्यानाडाका प्रधानमन्त्री कार्नी र डोनाल्ड ट्रम्प उच्चस्तरीय बैठकका लागि भेट्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको भन्सार शुल्क र संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकीलाई विलय गर्ने धम्की विरूद्ध उभिने प्रतिज्ञामा पुनः चुनाव जितेपछि पहिलो पटक मंगलबार डोनाल्ड ट्रम्पलाई भेट्दै छन् ।

६० वर्षीय लिबरल पार्टीका नेताले ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा सबै कुरा उस्तै हुन नसक्ने बताएका छन् र ह्वाइट हाउसमा हुने बैठकबाट कुनै पनि तत्काल सम्झौताको अपेक्षा नगर्न चेतावनी दिएका छन् ।

आफ्नो मुख्य सहयोगी र व्यापारिक साझेदारका रूपमा लिने क्यानाडासँग ट्रम्पले ठूलो व्यापार युद्ध सुरु गरेका छन् भने क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न बारम्बार असाधारण आह्वान गर्दै आएका छन् ।

रिपब्लिकन ट्रम्पले गत हप्ता कुरा गरेपछि कार्नीलाई ‘धेरै राम्रो सज्जन’ भनेका थिए तर सोमबार कार्नीले के कुरा गर्न चाहेका हुन् ‘निश्चित नभएको’ बताए ।

“उहाँ मलाई भेट्न आउँदै हुनुहुन्छ । मलाई पक्का थाहा छैन कि उहाँले मलाई के विषयमा भेट्न चाहनुहुन्छ, तर मलाई लाग्छ उहाँले सम्झौता गर्न चाहनुहुन्छ । सबैले चाहन्छन्”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने ।

ट्रम्पले कार्नीलाई बिहान ११ः३० बजे (१५३० जिएमटी) लन्च र त्यसपछि ओभल अफिसमा बैठक गरेर स्वागत गर्ने तयारी गरिएको छ ।