डोनाल्ड ट्रम्पका आधा दर्जन ‘गर्लफ्रेन्ड’,तीनसँग विवाह


एजेन्सी – हालैको भारत भ्रमणमा मेलानिय ट्रम्पसँग डोनाल्ड ट्रम्पले भारतको ताज महल हेर्न गएसँगै उनको लभ स्टोरीको पनि चर्चा हुन थालेको छ । यसैबीच डोनाल्ड ट्रम्पको आधा दर्जन गर्लफ्रेन्ड भएको र ती मध्ये ३ सँग उनले विवाह गरेका थिए ।

हाल मेलानिया ट्रम्प डोनाल्ड ट्रम्पको पत्नीको रुपमा रहेकि छन् । १९९८ मा उनीहरुको पहिलो भेटघाट भएको थियो र विवाहको समयमा मेलानियाको उमेर २८ वर्ष र डोनाल्ड ट्रम्पको उमेर ५२ वर्षको थियो । ट्रम्पलाई पहिलो भेटमै मेलानियासँग प्यार भएको थियो । आउनुहोस् जानौ ट्रम्पको सम्बन्ध भएका महिलाहरु ।

ईभाना ट्रम्प यी महिलासँग ट्रम्पको विवाह १९७७ अप्रिल ७ मा भएको थियो । उनीहरुको ३ सन्तान पनि छन् । दुवैले कयौ बिजनेस उत्पादनमा साथै काम गरेका थिए । तर १९९१ मा मारला मेपल्ससँगको अफेयरका कारण इभाना निराश भइन । सम्बन्ध विच्छेदपछि उनले ट्रम्पको आधा सम्पत्ति लिएर बसेकि छन् ।

गाब्रियला सबातिनीः डोनाल्ड ट्रम्प इभानासँगै रहदा १९८९ को जुनमा सबातिनीसँग उनको अफेयरको बारेमा धेरै चर्चा भएको थियो । केही समयपछि यो सम्बन्ध पनि टुट्यो । कार्ला बु्रनीः कार्ला ब्रुनीले मिक जेगरसँग सम्बन्ध विच्छेद गरेपछि डोनाल्ड ट्रम्पसँगको अफेयरको व्यापक चर्चा भइसकेको थियो । यद्यपि यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।

रोभेन ब्रेबर : जब डोनाल्ड ट्रम्प र रोभेनको अफेयर थियो दुवैको कयौ तस्बिर देखिएको थियो । यो उक्त समयको सर्वाधिक चर्चित घटना थियो । तर, कामका कारण दुवै एकसाथ बस्न पाएनन् र उनीहरुबीचको सम्बन्ध पनि टुट्यो । रोभेन अझैपनि ट्रम्पलाई एक राम्रो भालदमी व्यक्ति भएको बताउछिन् ।

मारला मेपल्स : यी दुईबीचको भेटघाट १९८५ मा भएको थियो, जब ट्रम्प इभानासँग वैवाहिक जीवनमै थिए । इभानासँग सम्बन्ध विच्छेद भएपछि उनले मारलासँग विवाह गरेका थिए । उनीहरुको विवाहको २ महिनामै छोरी टिफनीको जन्म भएको थियो । यो विवाह ६ वर्षसम्म रह्यो ।

एलिसन जियानिनी : जब डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो विवाह मारलासँग गरेका थिए, तब उनको अर्की महिला एलिसनसँग अफेयरको चर्चा सुरु भयो ।

कारा यंग : २००१ मा डोनाल्ड ट्रम्पको चर्चा यस कारण भयो कि उनी कारा यंग तथा गसिप पत्रकार एजे बेन्जसँग त्रिकोणात्मक प्रेममा थिए । एक साक्षात्कारको समयमा उनले बेन्जलाई कारा यंगसँग आफ्नो सम्बन्ध टुंगिएको बताएका थिए ।

मेलानिया ट्रम्पः ट्रम्प र मेलानिया १९९८ मा न्यूयोर्कमा भेटेका थिए । उनीहरु त्यहाँ एक फेसन वीक पार्टीमा भेटिए र केही समयपछि २००५ को जनवरीमा विवाह गरेका थिए । २००६ मा मेलानियाले एक छोरा जन्माइन् । उनको नाम हो बेरन ।

प्रतिक्रिया दिनुहोस
Advertisement