मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने

मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी हुन् । हेटौडामा बसेकाे बैठकमा पौडेलले संसदीय दलको नेताबाट समेत राजीनामा दिएपछि शाक्य दलको नेता चुनिएकी हुन् ।

माधव नेपाल समूहकी शाक्य एमाले संसदीय दलको नेतामा चुनिएकी हुन् । उनी मुख्यमन्त्री बन्ने सांसद रचना खड्काले जानकारी दिइन् । माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला शाक्य बागमतीको संसदीय दलको नेतामा चुनिएकी हुन् ।