डोरमणीलाई पदको मोह : मुख्यमन्त्रीबाट बाहिरिसकेको होस् नै छैन !

डोरमणीलाई पदको मोह : मुख्यमन्त्रीबाट बाहिरिसकेको होस् नै छैन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । पौडेलले बागमती प्रदेशका निवर्तमान माननीय मुख्यमन्त्री डोरमणी पौडेलको सम्पर्क कार्यालय तथा सचिवालय’ नामक सचिवालय स्थापना गरेपछि उनको चौतर्फी आलोचना सुरु भएको हो ।

पौडेलले शुक्रबारदेखि हेटौंडा उपमहानगरपालिका–४ सम्पर्क कार्यालय सञ्चालन गरेका छन् । कार्यालयको नाम ‘बागमती प्रदेशका निवर्तमान माननीय मुख्यमन्त्री डोरमणी पौडेलको सम्पर्क कार्यालय तथा सचिवालय’ राखिएको छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको कार्यालय जनतालाई सहज रुपमा भेट्न र जनतालाई परेको समस्याप्रति उत्तरदायी बन्न सम्पर्क कार्यालय स्थापना गरेको उनले बताएका छन् ।

तर, मुख्यमन्त्री पदबाट बाहिरिएको एक महिना भइसक्दा पनि सोही पदलाई लिएर सम्पर्क कार्यालय खोलेको भन्दै पौडेलको चौतर्फी आलोचना भएको छ । बोर्डमा निर्वतमान मुख्यमन्त्री राखेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएको छ । पदबाट बाहिरिसक्दा पनि मुख्यमन्त्री पदको मोह नमरेको भन्दै उनको आलोचना भएको हो ।

मुख्यमन्त्री पद हुँदा केही गर्न नसकेको तर पद फुस्केपछि मुख्यमन्त्रीको नाममा सचिवालय खोलेर नाटक प्रदर्शन गरेको भन्दै आलोचना गर्न थालिएको छ ।

नेकपा एकीकृत समाजवादीकी सांसद मीना ज्ञवालीले पौडेलले नेपालमै अहिलेसम्म कसैले नदेखाएको पदीय मोह देखाएको टिप्पणी गरेकी छन् । ‘अहिलेसम्म कति मन्त्री, प्रधानमन्त्रीहरु हुुनुभयो तर कसैले पनि यसरी निवर्तमान र पूर्व पदको नाम राखेर कार्यालय खोलेको देखेको छैन । उहाँलाई मुख्यमन्त्री पद कति प्यारो रहेछ भन्ने यहाँ देखाउनुभयो,’ उनले भनिन् ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दलको नेता शालिकराम जम्कट्टेलले पदीय लोभमा पौडेल मुख्यमन्त्री पदबाट बाहिरिसकेपछि होसमा नभएको भन्दै व्यङ्ग्य गरे । ‘उहाँलाई आफू पदबाट बाहिरिसकेको होस् नै छैन, अझै आफैं मुख्यमन्त्री छु भन्ठानिरहनु भएको छ,’ उनले भने, ‘होस् भए पनि अष्टलक्ष्मीलाई मैले नै मुख्यमन्त्री बनाएको हो भन्ने घमण्ड छ उहाँमा । त्यसैले राजनीतिक संस्कार बाहिर गएर पदीय लालच देखाउनुभयो ।’

नेपालको कुनै पनि नेताले आफ्नो पूर्व पदलाई जोडेर सम्पर्क कार्यालय खोलेका छैनन् । नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले बाध्यताले पद छोड्नु परेको भन्दै पौडेलमा मुख्यमन्त्री पदको मोह नछुटेको प्रतिक्रिया दिए ।