खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ : मुख्यमन्त्री पौडेल

खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ : मुख्यमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सहभागी भइ विभिन्न पदक हासिल गर्ने वाग्मती प्रदेशभित्रका १६३ खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको अवसरमा बुधबार एक सन्देश जारी गर्दै उनले देशलाई संसारभर चिनाउन सफल खेलाडीप्रति प्रदेश सरकार नतमस्तक रहेको उल्लेख गरे ।

प्रतियोगितामा सहभागी मध्ये यस प्रदेशका खेलाडीले ४० स्वर्ण, ४७ रजत ७६ कास्य गरी कूल १६३ पदक हासिल गरेका थिए।