बागमती प्रदेशका मुख्यमन्त्रीले लगाए कोरोना खोप

बागमती प्रदेशका मुख्यमन्त्रीले लगाए कोरोना खोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

दोस्रो चरणको खोप अभियानअन्तर्गत आज बिहान ११ बजे हेटौंडा अस्पताल पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाएका हुन् । खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबैलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् ।

दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए ।