काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गरिएको छ । माधवकुमार नेपाल समूहका प्रदेश सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।
गत पुस १० गते तत्कालिन नेकपाका ४५ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उनीहरुले मंगलबार नै अविश्वासको प्रस्ताव फिर्ता लिएको नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
मुख्यमन्त्री पौडेलले बोलाएको आजको बैठकमा सहभागी हुने प्रस्तावक अरुण नेपालले जानकारी दिए ।




प्रतिक्रिया