डोटीमा जिप दुर्घटना हुंदा तीन जनाको मृत्यु,सात घाइते

डोटीमा जिप दुर्घटना हुंदा तीन जनाको मृत्यु,सात घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – डोटीमा जिप दुर्घटना हुंदा तीन जनाको मृत्यु भएको छ । डोटीको बोगटान फुड्सिल गाउंपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हदा अन्य पांच जना घाइते भएका छन् ।

दिपायलबाट चवरा चौतारातर्फ जांदै गरेको म १ च ५५० नम्बरको महेन्द्रा जिप शनिबार राति करिब १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेय जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा बोगटन फुड्सिल गाउंपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउंपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।

यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।