काठमाण्डु – विगत २ महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको डोटीले प्रमुख जिल्ला अधिकारी पाएको छ ।
गृहमन्त्रालयले शंकरबहादुर विष्टलाई प्रमृख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका विष्ट हाल बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत छन् ।
दार्चुला र अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका विष्ट यसअघि डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् । विष्टले साविकको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त प्रशासकको जिम्मेवारी पनि सम्हालेका थिए ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी सुनिल खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारीविहीन भएको थियो ।




प्रतिक्रिया