अनुसन्धान सहायकको परीक्षा चलाउने नक्कली इन्सपेक्टर पक्राउ

अनुसन्धान सहायकको परीक्षा चलाउने नक्कली इन्सपेक्टर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा एकजना पक्राउ  परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

वीरगंज महानगरपालिका-५ कुमाल टोलस्थित देव पार्टी प्यालेसमा उक्त अनुसन्धानको सहायक सूचकको परीक्षा संचालन भईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रायले प्रहरी निरीक्षकको नक्कली पोसाक लगाई परीक्षा संचालन
गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लागूऔषध अन्य मुद्दाका फरार प्रतिवादी पक्राउ