ताप्लेजुङ– ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेका छन् ।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएपछि आगो थप फैलिन नदिन सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा नियन्त्रणको प्रयास गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रारम्भिक जानकारी आएको छ । आगलागी नियन्त्रणका लागि दमकलसमेत प्रयोग भइरहेको उनले बताए ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बस्ती बाक्लो भएकाले आगो अन्य घरमा फैलिन नदिन विशेष सतर्कता अपनाइएको छ।
आगलागीबाट १० घरमा क्षति पुगेको पुष्टि भए पनि मानवीय क्षति तथा सम्पत्तिको थप विवरण भने खुलिसकेको छैन ।




प्रतिक्रिया