डोजर चल्न बाँकी बस्तीका सुकुमबासीको भागभाग, पाएनन् डेरा

डोजर चल्न बाँकी बस्तीका सुकुमबासीको भागभाग, पाएनन् डेरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु – प्रशासनको अल्टिमेटमपछि विष्णुमति किनारास्थित बालाजु र माछापोखरी तथा अनामनगरको धोबीखोला क्षेत्रका सुकुम्बासीले धमाधम सामान सार्न थालेका छन् ।

उनीहरु आफैं टहरो भत्काउँदै सामान सार्न व्यस्त देखिन्छन् ।जिल्ला प्रशासन कार्यालय काठमाण्डुले नदी किनारमा रहेका अनधिकृत तथा जोखिमपूर्ण बस्तीहरू हटाउने कार्यलाई निरन्तरता दिइने जनाएको छ । प्रशासनले बिहीबार (आज) साँझसम्म त्यस्ता बस्ती खाली गर्न निर्देशन जारी गरेको छ ।

प्रशासनका अनुसार तोकिएको समयसीमाभित्र संरचना नहटाइए शुक्रबार बिहान ७ बजेदेखि विभिन्न स्थानमा एकैपटक डोजर चलाइनेछ । गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नदी किनाराका अवैध बस्तीले जोखिम बढाएको र सार्वजनिक क्षेत्र अतिक्रमण गरेको भन्दै हटाउन निर्देशन दिएपछि अभियानकै रुपमा बस्तीमा डोजर चलाउने कार्य अघि बढेको छ ।

सुकुमबासीलाई डेरा पाउनै मुस्किल

बालाजु क्षेत्रमा बस्दै आएकी सुकुम्बासी माया शेर्पाले आफूहरू बसोबासको विकल्पविहीन अवस्थामा पुगेको गुनासो गरिन् । ‘घरबेटी आफैँ फुटुङतिर सरे, हामी यहाँ अलपत्र भयौँ । अब भाडामा बस्न खोज्दा पनि कसैले राख्न मान्दैनन्, राख्न खोजे पनि पहिले प्रहरीमा रिपोर्ट गर्नुपर्ने भन्छन्’, उनले भनिन् ।

शेर्पा डेढ वर्षदेखि सो बस्तीमा मासिक ४ हजार ५ सय रुपैयाँ भाडा तिरेर बस्दै आएकी थिइन् । तर प्रशासनको पछिल्लो कदमले आफूजस्ता धेरै परिवारको बासस्थान संकटमा परेको उनको भनाइ छ ।

स्थानीयहरूका अनुसार विकल्पबिना बस्ती हटाउने निर्णयले सुकुम्बासी समुदाय थप समस्यामा पर्ने देखिएको छ । उनीहरूले पुनःस्थापनाको व्यवस्था नगरी डोजर चलाउने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रशासनले भने जोखिम न्यूनीकरण र कानुनी व्यवस्था कार्यान्वयनका लागि यस्तो कदम चालिएको जनाएको छ ।