काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिदैं लामिछानेले भने ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,।’




प्रतिक्रिया