यसपटक बलियो प्रतिपक्ष भनेका जनता नै हुन् : सभामुख अर्याल

यसपटक बलियो प्रतिपक्ष भनेका जनता नै हुन् : सभामुख अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदबहाली गरेका छन् ।

आईतबार पद तथा गोपनीयताको शपथ लिएसँगै उनले पदबहाली गरेका हुन् ।

पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपालिको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए ।

प्रतिपक्षमा १ जना मात्रै भए पनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे ।

उनले भने, ‘यसपालिको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ । २०८२ सालको यस वर्षको निर्वाचन विशेष निर्वाचन हो । विगतमा भएका कैयौ निर्वाचन र भविष्यको निर्वाचनभन्दा यो फरक हो । अहिलेको संसद् म्यान्डेटबाट आएको हो । म सभामुखको हैसियतमा बस्दै गर्दा यसपटकको बलियो प्रतिपक्ष जनता नै हुन् भन्ने लाग्छ । प्रतिपक्षमा १ जना मात्र किन नहोस् प्रतिपक्ष नै हो । उहाँहरू बलियो नै हुनेछन् । सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरा बुझेको छु ।’

उनले नीति–नियमहरू राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए । प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिए पनि उनीहरूको सम्मान र उनीहरूले उठाएको विषय राम्रोसँग प्रस्तुत हुने पनि उनको प्रतिबद्धता छ ।

‘सरकारले नीति–नियमहरू राम्रो बनाउँछ । प्रतिनिधिसभा र हामीले गर्ने काम भनेको कानुन बनाउने हो । त्यसैले कानुन बनाउने कुरामा अग्रसर हुन्छौं । प्रतिपक्षबाट एकैजनाले मात्र चासो किन नदियोस् उहाँहरूको सम्मान र विषय कसरी उठान गर्नुपर्छ त्यसमा राम्रोसँग प्रस्तुत हुनेछु ।’