यी हुन् डीपीएलका सर्वाधिक महंगा चार क्रिकेट खेलाडी


काठमाडौं– आगामी चैत २७ गतेदेखि आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि खेलाडीको अक्सन भएको छ।

बुधबारबाट काठमाडौंमा सुरु भएको अक्सनमा चार जना खेलाडी जनही एक लाख ५० हजारमा बिक्री भएका छन्। अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी र सागर पुन सबैभन्दा महंगा खेलाडी बनेका हुन्।

केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले तथा रेग्मीलाई विराटनगर किंग्सले र पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो।

त्यसैगरी, पृथु बाँस्कोटा एक लाख २० हजारमा विराटनगरमा आबद्व भएका छन्। सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद गरेको छ, भने विराटनगरले एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन गरेको छ।

सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई पनि जनही एक लाखमा नै अनुबन्धन गरेको छ। काठमाडौँ गोल्डेन्सले अमित श्रेष्ठ, किशोर महतो, ललित राजवंशी र साहव आलमलाई  एक-एक लाखमा किनेको छ।

महेन्द्रनगरले रोहितकुमार पौडेल र भुवन कार्कीलाई जनही एक लाखमा अनुबन्धन गर्दा रुपन्देही च्यालेन्जर्सले बिक्रम कुमार भुषाल, सुशन भारी र सिद्धान्त लोहनीलाई जनही एक लाखमा अनुबन्धन किनेको छ।

टिम चौराहा, धनगढीले ललित भण्डारी, योगेन्द्रसिंह कार्की, सोनु तामाङ र सुनिल धमलाका लागि जनही एक लाखमा अनुुबन्ध गरेको छ।

अक्सनमा १ सय ८७ खेलाडीको नाम दर्ता भएकोमा ७२ खेलाडी अक्सनमा बिक्री भएका हुन्।

प्रतियोगिताका विजेताले २५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछन्।

Photo sorce :  Udipt Singh 

प्रतिक्रिया दिनुहोस
Advertisement