काठमाण्डु- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन् ।
अर्थ मन्त्रालयमा उनीहरूबीच भेटघाट भएको हो । भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको छ ।
यसअघि बिहीबार चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कांगे्रसका नेताहरूलाई भेटेका थिए ।
प्रतिक्रिया