द्रुर्तमार्गको डिपीआर निर्माणको जिम्मा कोरियाको सुसङ ईन्जिनियरिङ कम्पनीलाई दिईयो

द्रुर्तमार्गको डिपीआर निर्माणको जिम्मा कोरियाको सुसङ ईन्जिनियरिङ कम्पनीलाई दिईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाण्डौँ—तराई र मधेश द्रुर्तमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने जिम्मा कोरियाली कम्पनीलाई दिइएको छ । नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको डिपिआर बनाउने जिम्मा सेनाले दक्षिण कोरीयाली कम्पनी सोसुङ इन्जिनियरीङलाई दिएको हो । जंगी अड्डामा एक कार्यक्रमका बीच उक्त कम्पनीसंग मंगलवार हस्ताक्षर भएको छ ।

काठमाण्डौँ-तराई र मधेश द्रुर्तमार्गका आयोजना प्रमुख उपरथी योगेन्द्र बहादुर खाँण र सोसुङ इन्जिनियरीङका अध्यक्ष किहयुन हवा¨बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार उक्त कम्पनीले १०५ दिनभित्र डिपिआर तयार गरि नेपाली सेनालाई हस्तान्तरण गर्नेछ ।

कम्पनीले भ्याट सहित १० करोड १२ लाख ७८ हजार नौ सय तेईस रुपैयाँको लागतमा दु्रर्तमार्गको निर्माण गर्ने समझदारी भएको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले उक्त कम्पनीले यहि कार्तीक ४ गतेबाट डिपीआर निर्माण सुचारु गर्ने बताए ।

हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका अधिकृत र सोसुङ इन्जिनियरीङका दक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सरकारले द्रुर्तमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सेनाले तत्कालिन बलाधिकृतरथी (हाल प्रधानसेनापति) पुर्णचन्द्र थापाको नेतृत्वमा एक उच्चस्तरिय संयन्त्र बनाएको थियो । सेनापति थापाले द्रुर्तमाग निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन् । उनकै निर्देशनमा डिपिआर निर्माणको काम अघि बढेको हो ।