काठमाण्डु – वीर अस्पतालका छातिरोग विशेषज्ञ डा.अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक नलिने घोषणा गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान हुने पदक डा.ढुंगानाले अस्वीकार गरेका हुन् ।
विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह/ श्रेणी र साथसाथै शैक्षिक पद (सह प्राध्यापक ) सरह नमिलेको हुनाले पदक अस्वीकार गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘पुरस्कार पाउदा खुसी हुनु स्वाभाविक हो र यसले अझ राम्रो काम गर्दै जाने हौसला प्रदान गर्छ ।’ उनले सरकारले गर्ने पुरस्कार, मान, पदवी तथा सम्मानहरु विवादरहित बनाउनुपर्ने समेत उल्लेख गरेका छन् ।





प्रतिक्रिया