डा. बाबुराम भट्टराई अस्पताल भर्ना

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका जनता समाजवादी पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा पूर्वधानमन्त्रीसमेत रहेका डा. भट्टराईको पेटमा ट्युमर आशंका गरिएको थियो । चिकित्सकहरुको सल्लाहमा उनी भारत गएका हुन् ।