काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका युवालाई गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोजेर गल्ती नगर्न आग्रह गरेका छन् ।
देशका विभिन्न स्थानमा राजावादीले शक्ति प्रदर्शन गरिरहेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत युवाहरुलाई सुझाव दिएका हुन् ।
उनले लेखेका छन्, ‘युवासँग आग्रह: गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ । अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस् !’
उनले अगाडि भनेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौं । दुवैसँग लडेर अघि जाने साहस गरौं ।’




प्रतिक्रिया