डा. विकास देवकोटा बने प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो सचिव

डा. विकास देवकोटा बने प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो सचिव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो । यसअघि कुनै पनि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन । सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो ।

सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने बताइएको छ । देवकोटा हाल स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख छन् ।