युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याउः डिला संग्रौला

युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याउः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले कृषि प्रधान देशका युवालाई कृषिमा आर्कषित गर्ने कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी छन् ।

आज राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सांसद संग्रौलाले कोरोना भाइरसको महामारीका कारण विदेश र स्वदेशमा रोजगारी गुमाएका युवालाई कृषिमा आकर्षित गर्न सरकारले आकर्षक योजना ल्याउनुपर्ने बताएकी छन् ।

‘राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि पेशालाई सरकारले केवल धान दिवसको अबसरमा औपचारिकतामा मात्र सिमित नरहेर कोरोना पछिको अर्थतन्त्रलाई सुदृढ बनाउन कृषिको आधुनिकीकरण गरि रोजगारी र उत्पादनमा वृद्धि गर्न पहल गरोस् । युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याउ । रोजगारी सहित उत्पादन बढाउ,अर्थतन्त्र सुदृढ बनाऔ’, सांसद संग्रौलाले भनिन् ।

त्यस्तै उनले नगदेबाली उत्पादन गरि नेपाललाई स्वाबलम्बी बनाइ रोजगारीको अबसर सृजना गर्न हामीलाई सौभाग्य प्राप्त भएको बताएकी छन् । ‘बिदेशबाट आफ्नो जागिर गुमाएर फर्केका एबम स्वदेसमा नै बेरोजगार रहेका हाम्रा युवालाई कृषिले नै शुरुमा रोजगारी प्रदान गरि कृषिजन्य उधोगको विकास गरि अन्य व्यावसाय स्थानान्तरण हुने सुनौलो अवसर यस पेशाले नै गरेको छ’, उनले भनिन् ।