काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीले उम्मेदारी दिने भएका छन्। बिहीबार सम्पन्न प्रजातान्त्रिक समूहको बैठकले वर्तमान महासचिव डा कार्कीलाई अध्यक्षमा उठाउने निर्णय गरेको हो।
संघको अध्यक्षका लागि प्रजातान्त्रिक समूहबाट डा. भूपेन्द्र कार्कीको समेत दाबेदारी परेको थियो। तर उनले चाहेको पद दिने गरी महासचिव कार्कीलाई अध्यक्षमा उठाउने निर्णय भएको हेल्थ असिसटेन्ट अर्जुनजंग थापाले बताए। संघको चुनाव आगामी माघमा हुने तय भएको छ।
नेपाल चिकित्सक संघ महासचिव बनेदेखि डा. कार्की चिकित्सकहरूको हकहित तथा अधिकारका लागि लड्दै आएका छन् । जनरल फिजिसियन (इन्टरनल मेडिसिन) डा. लोचन हाल वीर अस्पतालमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन् ।




प्रतिक्रिया