वार्ता टोली गठन गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

वार्ता टोली गठन गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चिकित्सक संघले २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै संघले डा. केसीका मागप्रति सरकारले चासो नदिएको भन्दै ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न अल्टिमेटम दिएको हो ।

‘डा.केसीको स्वास्थ्यअवस्था गम्भीर मोडमा पुगेको परिस्थितिमा संघले विभिन्न विशेषज्ञ समाज, पूर्व अध्यक्ष, पूर्वमहासचिव, काठमाण्डु उपत्यकामा रहेका अस्पतालका निर्देशकहरु एवं संघको परिषद् बैठक राखी बृहत छलफल गरेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

संघले केन्द्रीय कायृकारिणी समतिलाई दिएको म्याण्डेट अनुरुप डा. केसीको जीवन रक्षाका लागि सरकारलेवार्ता टोली गठन गरी संवादको माध्यमबाट अबिलम्ब सत्याग्रहको अन्त्य गर्न माग गरेको छ ।

‘डा. केसीको जीवन रक्षाका निम्ती हुन सक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर राख्दै सरकारले यथाशिशघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र संवादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्न अपरिहार्य भएको व्यहोरो अवगत नै ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै संघले सरकारले वार्ता टोली गठन नगरे जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । संघले आफूहरु वार्ताका लागि सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि उल्लेख गरेको छ ।