काठमाण्डु – अनशनरत डा गोविन्द केसीलाई काठमाण्डु आउन तयार भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा केसी आज काठमाण्डु आउन तयार भएका हुन् । सेती प्रादेशिक अस्पतालमा रहेका डा केसीलाई सरकारले नै काठमाण्डु ल्याउन लागेको हो ।
हिजो नै ल्याउने तयारी भए पनि डा केसीले मानेका थिएनन् । ‘आज उहाँ काठमाडौं जान तयार हुनुभएको छ,’ डा केसीको सहयोगमा खटिएका डा अमृत जैसीले भने, ‘अबको एक डेढ घण्टामा हिँड्ने कुरा छ ।’
डा केसी अनशन बसेको आज १० औँ दिन हो । डाकेसीका प्रतिनिधि र सरकारी टोलीबीच पटक पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।




प्रतिक्रिया