दसैंको मुखमै अनशन थाले डा. केसीले, यस्ता छन् पाँच बुँदे माग

दसैंको मुखमै अनशन थाले डा. केसीले, यस्ता छन् पाँच बुँदे माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले फेरि अनशन थालेका छन्।

 

 

यसअघि असोज २० गतेबाट अनशन थाल्ने भनिएपनि चिकित्सा ऐन पारितका लागि चलखेल थालिएको भन्दै डा. केसीले सोमबारबाट दसैंको मुखमै अनशन थालेका हुन्। १२औं पटक अनशन थालेका डा. केसीले पाँच सूत्रीय माग अघि सारेका छन्।

 

डा. केसीका अन्य मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन्।

 

 

 

यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन्।