काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने बताए ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समेटिएको पनि बताए ।
अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरे ।
आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् । अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको पनि स्पष्ट पारे ।




प्रतिक्रिया