चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्की विजयी

चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्की विजयी


काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीको जीत भएको छ ।

१ हजार ३६७ मत गणना हुन बाँकी हुँदा ३ हजार १९८ भोट ल्याएका छन् भने उनीसंग प्रतिस्पर्धामा उत्रिएका डा पुष्पमणि खरालको मतान्तर १ हजार ६६३ भन्दा कम छ । डा खरालले अहिलेसम्म १ हजार ५३५ भोट ल्याएका छन् ।

४ हजार ७८५ मत गणना गर्दा नै कुल खसेको मतको ५० प्रतिशत बढी भोट उनले ल्याएपछि जीत सुनिश्चित भएको हो ।

लोकतान्त्रिक समूहबाट अध्यक्षमा उठेका डा कार्की यसअघि संघको महासचिव थिए ।

यसैबीच डा कार्कीको जीत निश्चित भएपछि प्रतिस्पर्धी उम्मेद्धार डा खरालले जीतका लागि बधाई दिएका छन् ।

उनले चिकित्सा पेशालाई थप व्यवस्थित र मर्या्दित बनाउने कार्यमा आफूले बाहिरबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।